IME Life New

कोरोना झनै जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालय भन्छ, ‘कोरोना संक्रमति अरुपनि हुन सक्छन् बाहिर ननिस्कौं’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । नेपालको राजधानी भन्दा बाहिर चौथो कोरोना संक्रमित व्यक्ति भेटिएपछि स्वास्थ्य मन्त्रालयले नेपालमा पनि कोरोना रोग फैलिएको हुनसक्ने हुँदा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

Esewa
Crest

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका प्रमुख तथा प्रबक्ता डा. विकास देवकोटाले राजधानी बाहिर चौथो कोरोना रोगी फेला पर्नुले नेपालभित्र पनि कोरोनाको संक्रमण फैलिसकेको हुनसक्ने भन्दै कसैलाई पनि घरबाट बाहिर चेतावनी दिए । डा. देवकोटाले उपत्यका बाहिर पनि कोरोना संक्रमित फैलिएको पुष्टि भएको उल्लेख गर्दै लकडाउन र होम क्वारेन्टाईन थप कडा बनाउन सबैलाई आह्वान गरेका छन् । उनले भने, ‘हामी घरैमा बसौं, संक्रमित व्यक्ति अरु पनि हुनसक्नुहुन्छ, उहाँहरुले आफू सुरक्षित हुँदै अरुलाई नसार्न विदेशबाट आएकाहरुलाई आफ्नै घरमा क्वारेन्टाईनमा बसिदिनुहोला ।’

चौथो संक्रमित व्यक्ति दुबईबाट काठमाडौं आएर रमाईलो गर्दै धढगढी पुगेको खुलेको छ । उनले कहाँ कहाँ यात्रा गरे भनेर सरकारलाई थप तनाव सुरु भएको छ । मन्त्रालयका अनुसार उनको सम्पर्कमा आएकाहरुलाई खोजी कार्य सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुबईदेखि विमान तथा धनगढीसम्म पुग्दा कम्तीमा पनि ५०० व्यक्तिसँग सम्पर्क गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS