IME Life New

कोरोना अवधिभरको व्याज र हर्जाना छुट गरिदिन निगमको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमले कोरोनाअवधिभरको व्याज र हर्जाना छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । कोरोना अवधिमा निगमको व्यापारमा प्रतिकुल असर परेको भन्दै निगमले व्याज, हर्जाना र पेनल छुट गरिदिन भनेको हो ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेदेखि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार आएको र अन्तराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्व भुक्तान गर्दै आएको निगमले जनाएको छ । २०७९ चैत महिनाको किस्ताबापत निगमले नागरिक लगानी कोषलाई ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तान गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS