IME Life New

कोरोनामा राहत दिएको जीवन बीमा शुल्क छुट पाउने समय सकियो, अब जरिवना लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कोरोना महामारीमा गत चैत्र ११ गतेदेखि यता बुझाउनुपर्ने बीमा शुल्क छुट दिने समयावधी सकिएको प्रष्ट पारेको छ । समितिले यसअघि छुट दिएको जीवन बीमाको प्रिमियम बुझाउने अवधि थप अब नगर्ने भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले भने, ‘छुट दिएको समयावधी सकियो अब थप हुँदैन ।’ हाल विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण सरकारले लकडाउनको घोषणा गरेसँगै बीमा समितिले यस अवधिमा जीवन बीमाको नविकरण शुल्क बुझाउन म्याद थप गरेर ब्याज नलिन निर्देशन दिएको थियो । समितिले यसअघि असार १५ गतेसम्मको म्याद थप गरेर पुनः असार २२ गतेसम्म उक्त अवधि थप गरेर प्रिमियम छुट दिने व्यवस्था मिलाएकोमा हिजोबाट उक्त अवधी सकिएको हो ।

Esewa
Crest

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिषम परिस्थितिको अवस्थामा बीमितहरुको हितलाई मध्यनजर गर्दै नविकरण शुल्क बुझाउन म्याद थप गरेर ब्याज नलिन बीमा समितिहरुलाई निर्देशन दिएकोमा अब उक्त अवधी सकिएको बताए ।

बीमा समितिले यसअघि एक परिपत्र जारी गर्दै जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधि २०७७ असार २२ गतेसम्म थप गरी ब्याज नलाग्ने व्यवस्था गर्न गराउन निर्देशन दिएको थियो । समितिको निर्देशन बमोजिम बीमा कम्पनीहरुले बीमीतहरुलाई उक्त छुट प्रदान गर्दैै आएकोमा अब आजबाट जरिवना समेत लाग्ने जनाएका छन् । अवधी नाघेका बीमा पोलिसी नविकरण गर्दा अब जरिवना समेत लाग्ने बीमा कम्पनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS