IME Life New

कोरोनाबाट डराएर बीमा गर्दिन भन्न पाइदैन, राज्यले जिम्मेवारी लिन्छः अर्थमन्त्री डा. खतिवडा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

Esewa
Crest

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरु कोरोनाको डरले नभाग्न र पूर्ववत रुपमा बीमा व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन् । मंगलबार अर्थ समितिको बैठकमा प्रस्तावित बीमा ऐन २०७५ माथि दफावार छलफलमा सहभागी भएका अर्थमन्त्री डा. खतिवडाले बैठकमा कोरोनाको विषय उठेपछि बीमा समितिलाई समेत कोरोनाको डर देखाएर कुनै बीमा कम्पनीले बीमा गर्दिन भन्ने अवस्था हुन नदिन कडा नियमन गर्न निर्देशन दिएका छन् ।

पर्वतका सांसद पदम गिरीले बैठकमा कोरोनाको त्रासका कारण बीमा हुने नहुने अन्योलता बढेको तथा बीमा कम्पनीहरुले बीमा नगर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएपछि अर्थमन्त्री डा. खतिवडाले यस्तो निर्देशन दिएका हुन् ।

सांसदहरुले कोरोनाको विषयमा उठाएको प्रश्नको जवाफ दिँदै बीमा कम्पनीहरु कोरोनाबाट डराएर बीमा गर्दिन भन्न नपाउने भन्दै अर्थमन्त्री डा. खतिवडाले बीमा समितिमार्फत सबै बीमा कम्पनीहरुलाई स्पष्ट निर्देशन दिन समेत भनेका छन् । मंगलबारको बैठकमा अर्थमन्त्री डा. खतिवडाले भने, ‘संक्रमित छ कि भन्ने अनुमानको भरमा बीमा नगर्ने होइन । संक्रमित भइसकेको स्थितिमा त्यो अर्को कुरा हो । त्यस्तो अवस्थामा राज्यले जिम्मा लिन्छ ।’

अर्थमन्त्री डा. खतिवडाले बीमा कम्पनीहरुले कोरोनाको कारण जोखिम देखेर बीमा नगर्ने स्थिति सरकारको लागि स्वीकार्य नहुने प्रष्ट पारेका छन् । मन्त्री डा. खतिवडाले भने, ‘अनुमानकै भरमा जोखिम छ, हामी जाँदैनौं भन्न हो भने बीमा भनेकै जोखिमका लागि हो । सहजका लागि होइन । त्यसैले यस सम्बन्धमा बीमा समितिका पदाधिकारीहरुले बीमा कम्पनीहलाई स्पष्ट निर्देशन दिनु पर्यो ।’

अर्थमन्त्री डा. खतिवडाले बीमा कम्पनीलाई अप्ठेरो परेमा आफूहरुले सरकार साथ दिन तयार रहेको आशय समेत व्यक्त गरेका छन् । तर, त्यसको लागि बीमा कम्पनीहरु नहिच्किचाई व्यवसायमा गर्न भनेका छन् । मन्त्री खतिवडाले भने, ‘हामी अस्वाभाविक जोखिम लिनुस् त भन्दैनौं तर, लिनुपर्ने जोखिम नलिने हो भने व्यवसाय समाप्त हुन्छ । यसमा विचार गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS