IME Life New

कोभिडको जोखिमबीच सचेत हुँदै बीमा व्यवसाय गर्दै जीवन बीमा कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विरुद्धमा सरकारले घोषणा गरेको लकडाउन तथा निषेधाज्ञाहरु क्रमशः हट्ने क्रममा आजबाट आवत जावत धेरै सहज बनाइएको छ । सार्वजनिक यातायात सञ्चालनमा छन् । आन्तरिक तथा बाह्य हवाई उडानहरु सुचारु भएका छन् । साथै सवारी साधनहरु समेत जोर बिजोर प्रणालीबाट सञ्चालित भएको अवस्थामा अब बीमा व्यवसाय अघि बढाउन कुनै समस्या नरहेको जीवन बीमा कम्पनीका अधिकारीहरुले जनाएका छन् ।

जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले दशैं तिहार तथा छठ पर्व जस्ता राष्ट्रिय पर्व समेत नजिकिएको अवस्थामा बीमा अभिकर्ताहरु परिचालन गरेर सबै कम्पनीहरुले बीमा व्यवसायलाई प्राथमिकता दिने बताए । उनका अनुसार सवारी साधनहरु खुलेपछि बीमा व्यवसाय निकै सहज हुने बताउँछन् ।

Esewa
Crest

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले डिजिटल प्लेटर्फमको अधिकतम् उपयोग गर्दै व्यवसाय प्रर्बद्धन जुटेको छ । महालक्ष्मी लाईफका सिईओ रमेश कुमार भट्टराईका अनुसार कम्पनीले असोज महिनालाई अभियानकै रुपमा अघि बढाउने योजनामा छ । लामो दुरीको सवारी साधन, अन्य व्यवसाय खुल्ला गर्ने निर्णयसँगै आर्थिक गतिविधि बढ्ने विश्वास गरेर कम्पनीले अभिकर्ता र कर्मचारी दुवैलाई दशैं तिहार अघि आक्रामक रुपमा बजारमा जाने रणनीति अख्तियार गरेको जनाएको छ । कोरोना महामारीको जोखिम अझै नघटेकोले सुरक्षित रहेर, सुरक्षा मापदण्डहरु पालना गरेर व्यवसायमा जुट्न आह्वान गरिएको सिईओ भट्टराईले बताए ।

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले पनि डिजिटल प्लेटफर्मका माध्यमबाट अन्तरक्रिया, तालिम र उत्प्रेरणामूलक गोष्ठीहरु गर्दै व्यवसाय जारी राखेको बताउँछन्, सिईओ मनोज लाल कर्ण । युनियन लाईफका सिईओ कर्णले लकडाउन खुलेकै भनेर कम्पनीले नयाँ रणनीति नबनाए पनि विगतमा झै आक्रामक रुपमा व्यवसाय अभियान जारी रहेको बताए ।

त्यस्तै ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले अनलाईन च्यानलबाट तालिम र उत्प्रेरणामूलक गोष्ठीहरु सञ्चालन भइरहेको बताउँदै डिस्ट्रीब्यूसन च्यानलहरु प्रभावकारी रुपमा परिचालन गरिने बताए । कोरोनाको जोखिम अझै नघटेकोले फूलफ्लेजमा काम गर्न सकिने अवस्था अझै नरहेको सिईओ खत्रीको भनाई छ । यद्यपि ज्योति लाईफले आफ्ना कर्मचारी तथा डिस्ट्रीब्यूसन च्यानलहरु चुस्तु दुरुस्त रुपमा परिचालन गर्दै असोजलाई सम्भावित व्यवसायको समयको रुपमा हेरेको छ । लकडाउन अवधीमै पनि जीवन बीमाको व्यवसाय राम्रै चलेको बताउँदै सिईओ खत्रीले आगामी दिनमा अझै बृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल लाईफ इन्स्योरेन्सका निमित्त सिईओ सन्तोष प्रसाईले कोरोना भाइरसको जोखिम अझै घटिनसकेकोले सुरक्षित रहेर बीमा प्रबद्र्धनको काम गरिरहेको बताए । सरकारले यातायात र व्यवसाय खुकुलो बनाएर स्थिति सहज बनाए पनि जोखिमको अवस्थालाई विश्लेषण गर्दै डिजिटल माध्यमबाट बीमा गराइएको बताए ।

लामो समय कोरोना महामारीको चपेटामा परेको नेपाली अर्थतन्त्रले आजबाट निकै खुकुलो महसुस गरेको छ । आकाशमा जहाजहरु उड्न थालेका छन्, राजमार्गमा बसहरु आंशिक रुपमा भनेपनि गुड्न थालेका छन् । कोरोना त्रास र जोखिम अझै बढ्दै गर्दा यसले नेपाली जनताको मनोबल उच्च बनाउँदै आर्थिक गतिविधिमा लाग्न अभिप्रेरित गर्नेछ । साथै नेपालीहरुको राष्ट्रिय पर्वहरु दशैं, तिहार, छठ तथा म्ह पुजा समेत नजिकै आएकोले अबको दुई महिना नेपाली जीवन बीमा क्षेत्रका लागि सुखद बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS