IME Life New

के हो नेप्से-३० इन्डेक्स ? शेयर बजार र लगानीकर्तालाई के फाइदा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले लगानीकर्ताहरुलाई नयाँ नयाँ डेरिभेटिभ प्रोडक्ट उपलब्ध गराउने उद्देश्य सहित नयाँ इन्डेक्सको थालनी गर्ने भएको छ । सूचीकृत कम्पनीहरुको कारोबारलाई मात्रै व्यवस्थापन गर्दै आइरहेको नेप्सेले पहिलो पटक नेप्से-३० इन्डेक्सको अभ्यास सुरु गर्ने भएको छ । यसका लागि कार्यविधि बनाएर सम्बन्धित विज्ञहरु समक्ष राय सुझाव आह्वान समेत गरिएको छ ।

नेप्से-३० इन्डेक्स अन्तर्गत सबैभन्दा धेरै लिक्वीड शेयर छनोट हुनेछ । बजार पूँजीकरणको भार, प्रतिशेयर आम्दानीको भार, कारोबार रकमको भार, कारोबार भएको शेयर संख्याको भार र कारोबार संख्याको भारलाई गणना गरेर जसको धेरै आउछ ति ति कम्पनीहरु छनोट हुने हुँदा यसले बजारको रियल इन्डेक्सको प्रतिनिधित्व गर्ने नेप्सेको भनाइ छ । यसले बजारको वास्तविक दृश्यलाई पनि देखाउने विश्लेषकहरु बताउछन् ।

Esewa
Crest

यदि यसले लगानीकर्ताको विश्वास जित्न सकेको खण्डमा थप डेरिभेटिभ प्रोडक्ट निर्माण गर्न नेप्सेले मद्दत गर्नुका साथै हौसला समेत प्रदान गर्नेछ । अहिले पनि म्युचुअल फण्ड तथा संस्थागत लगानीकर्ताहरुले यस्ता कम्पनी छनोटका लागि ठुलो अध्ययन गरिरहनु परेको छ । यदि नेप्सेले नै यस्ता कम्पनीहरु छनोट गरिदियो भने म्युचुअल फण्डले यसैका लागि छुट्टै अध्ययन गरिरहनु पर्दैन । जस्तै एनएमबी क्यापिटलले अहिले पनि एनएमबी-५० नामक म्युचुअल फण्ड सञ्चालन गरिरहेको छ ।

बजारमा नेप्से-३० इन्डेक्स कार्यान्वयनमा ल्याए पछि मर्चेन्ट बैंकले यसैका आधारमा थप नयाँ नयाँ म्युचुअल फण्ड ल्याउन सक्नेछन् । यसको कार्यविधि अनुसार तय हुने कम्पनीले बजारको तरलतालाई समेत संकेत गर्ने भएकाले लगानीकर्तालाई लिक्वीड शेयर छनोट गर्न धेरै सजिलो हुनेछ । यदि नेप्सेले नै लिक्वीड शेयर छनोट गर्यो भने बजार थप भाइब्रेन्ट हुनेछ । शेयर बजारलाई सामान्य हिसावले मात्रै बुझिरहेका लगानीकर्ताले पनि आफ्नो पोर्टफेलियो व्यवस्थापन गर्नलाई यस सूचकांकले धेरै सहयोग पुर्याउछ ।

लगानीकर्ताले जहिले पनि बजारको समग्र सूचकलाई मात्रै हेरिरहेका हुन्छन् । जसमा निश्चित शेयरले बजारलाई तलमाथि पारिरहेका हुन्छन् । यसले गर्न लगानीकर्ताले एकदमै कमजोर कम्पनी छनोट गरिरहेका हुन्छन् । यदि नेप्से-३० र नेप्से सूचक विचमा तुलना गर्न पाइयो भने कमजोर कम्पनीहरुलाई छनोट गर्नु अगाडी लगानीकर्ताले १० चोटी सोच्ने छन् । संस्थागत लगानीकर्ता म्युचुअल फण्ड, बीमा कम्पनी, इन्भेष्टमेन्ट कम्पनी आदीलाई राम्रा कम्पनी छनोट गर्न एउटा बलियो आधार बन्नेछ ।

प्रस्तावित नेप्से-३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनौटका आधारहरु

(क) प्रतिशेयर चुक्ता मूल्य भन्दा प्रतिशेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको

(ख) अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्युनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुन्द्रास्फीति दर भन्दा बढी रहेको

(ग) कम्पनीको कम्तिमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि-फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि-फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको

(घ) शेयरधनीको संख्या कम्तिमा २० हजार रहेको

(ङ) पछिल्लो ६ महिनाको अवधिमा दैनिक औषत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औषत ५००० कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औषत ४० वा सो भन्दा बढी पटक कारोबार भएको

(च) पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको ।

प्रस्तावित नेप्से-३० इन्डेक्सको गणना विधि

(क) उपरोक्त मापदण्डहरुबाट छनौट भएर आएका कम्पनीहरुको प्रारम्भित सूची तयार गर्ने

(ख) प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रि-फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई दिएको उदाहरण अनुसार भार प्रदान गरी कुल भार गणना गर्ने

(ग) सूचिकृत संगठित संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमुलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समुहमा वर्गिकरण गरी बुँदा नं (ख) मा उल्लेख गरिएको विधि अनुसार प्रत्येक समुह भित्र छुट्टैछुट्टै कम्पनीको आ-आफ्नै समुहमा कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरुबाट ८ वटा कम्पनी छनौट गर्ने । कुनै समुहमा ८ संगठित संस्था भन्दा कम छनौट भएमा उपलब्ध सबै संगठित संस्था छनौट गर्ने

(घ) बुँदा नं. ग अनुसार छनौट भएका संगठित संस्थाहरुको संख्या ३० भन्दा बढी भएमा बुँदा नं. ख अनुसार गणना गरिएको कुल भारमा कम भार भएका कम्पनीहरुलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउदा प्रत्येक समुहबाट कम्तिमा एक संगठित संस्था कायम गर्ने

(ङ) बुँदा नं ग अनुसार छनौट भएका संगठित संस्थाहरुको संस्था ३० भन्दा कम भएमा प्रत्येक समुहबाट ८ भन्दा बढी कम्पनी छनौट नहुने गरी बुँदा नं ख अनुसार विधिबाट सूचीकृत सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याउने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS