IME Life New

केवाइसी अध्यावधिक गर्न बेग्ला बेग्लै बीमा कम्पनी धाउन नपर्ने, केन्द्रिय केवाइसी प्रणाली लागू हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकले ग्राहक पहिचान (केवाइसी) अध्यावधिक गराउनका लागि आफ्नो खाता भएका प्रत्येक बैंकको शाखामा धाउनु नपर्ने भएको छ। राष्ट्रिय परिचय पत्रलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरेर ग्राहकलाई सेवा प्रवाहमा सहजीकरण गर्ने घोषणा नेपाल राष्ट्र बैंकले गरेको छ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था(बीमा कम्पनी समेत) बीच सूचना आदान प्रदान गर्ने कामलाई सहज बनाउन राष्ट्रिय परिचयपत्रलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध गर्ने योजना रहेको जानकारी दिएका हुन् ।

Esewa
Crest

“बैंक, वित्तीय र अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाबीच ग्राहक सूचना आदान प्रदान र राष्ट्रिय परिचय पत्र समेतलाई ग्राहक पहिचानमा आबद्ध हुने गरी केन्द्रीय प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिनेछ,” गभर्नर अधिकारीले भने ।

यस्तो प्रणाली शुरू भएपछि बीमा कम्पनीहरूले पनि केवाइसी वा केवाइसी अध्यावधिक गर्नका लागि बीमित वा ग्राहकलाई पटक पटक सम्पर्क गर्नु पर्नेछैन । केन्द्रिय प्रणालीमा आबद्ध भएर अध्यावधिक जानकारी प्राप्त गर्न सक्नेछन् ।

यसैगरी भुक्तानी, समाशोधन र फर्छ्यौट सम्बन्धी कार्य गर्ने संस्थाहरू अनिवार्यरूपमा पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिमा त्यस्ता संस्थाहरू पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण वा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।

पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई हाले पनि सर्वसाधारणमा तत्कालै शेयर जारी गरेर चुक्ता पूँजी संकलन गर्न बाध्यकारी हुनेछैनन् । एनसेल लिमिटेड, वर्ल्ड लिंक लगायतका दुर सञ्चार सेवा प्रदायकहरू चार वर्ष अघि नै पब्लिक लिमिटेडमा रूपान्तरण भएपनि अझैसम्म सर्वसाधारणमा शेयर जारी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS