IME Life New

केराउ, सुपारी, छोकडा, मरिच पैठारीमा लगाइएको प्रतिवन्ध खुलेसँगै मुद्रा सटहीको सेवा दिन राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले केराउ, सुपारी, छोकडा मरिचको पैठारीमा लगाइएको पुर्ण बन्देजलाई हटाएसँगै नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सटही सुविधा सुचारी गरेको छ । भन्सार उपशिर्षक ०७१३.१०.११ को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी भन्सार उपशीर्षक ०८०२.८०.०० र ०८०२.९०.०० को सुपारीको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाइ आर्थिक वर्ष २०७७/७८ को वअधिको लागि कुल २५ हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको हो ।

त्यस्तै भन्सार उपशिर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कुल ५ हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी, भन्सार उपशिर्षक ०९०४.११.०० को नध्ल्याएको मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल १५ हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने परिमाणात्मक बन्देज लगाइएको हुँदा सोही व्यवस्थाको अधिनमा रही विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

Esewa
Crest

अमेरीकी डलर ५० हजार भन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाइएको हुँदा सोही व्यवस्थानको अधिनमा रही विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

परिमाणात्मक बन्देजको सीमा तोकिएको बस्तुहरुको हकमा कोटा प्राप्त गर्ने आयातकर्ताले यस्तो इजाजतपत्रमा उल्लिखित म्यादभित्र चलान गराएको गराउने आधारमा यस्तो बस्तुहरु पैठारीको लागि सटही सुविधा प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ ।

FXMD-Circular-09-207879-Quota-for-Quantitative-Restriction2

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS