IME Life New

कृषि विकास बैंक र साझा स्वास्थ्य सेवाबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै पुरानो सहकारी संस्था साझा स्वास्थ्य सेवाले आफ्ना सम्पुर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंकमार्फत गर्ने भएको छ । आज बिहिबार यस सम्वन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौतामा साझा स्वास्थ्य सेवाका महाप्रवन्धक चुडामणि भण्डारी र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरेका छन्।

सम्झौतापत्र आदनप्रदान गदै साझा स्वास्थ्य सेवाका महाप्रवन्धक भण्डारीले भने सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वाभाविक रुपमा दुबैलाई मिल्छ । सरकारी संस्थाहरु बीच बैंकिङ सेवा लगायत अन्य पुर्वाधार प्रयोगमा साझेदारी कायम गर्न सकेमा दुवै संस्था वलियो हुने र व्यावसायिक संस्थाको कारोबार समेत पारदर्शी हुनेछ ।

Esewa
Crest

कृषि विकास बैंकसँग कारोबार गर्दा थप गौरव महसुस गर्दै सरकारी वैंक अन्य निजी क्षेत्रका बैंक भन्दा अब्वल रहेका र बैकिङ कारोबार तथा ग्राहक सेवामा समर्पित रहेकोले कृषि विकास बैंकसँग बैंकिङ कारोबार गर्न साझा स्वास्थ्य सेवा तत्पर रहेको उनले बताए। सरकारी स्वामित्वका संस्थाहरु वीच कारोबार हुँदा एक अर्का बीच व्यवसायिक साझेदारी वृद्धि भई सरकारी वजेटमा संचालन हुने संस्थाहरु आत्मनिर्भर तथा व्यावसायिक हुने भएकोले देशको आर्थिक क्षेत्रमा थप योगदान गर्न सक्षम वन्ने विश्वास उनले व्यक्त गरेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले साझा स्वास्थ्य सेवाका देशभरी रहेका औषधी पसल, स्वास्थ्य सेवाका कर्मचारीको तलव वचत खातालगायत कर्जा, बैंक जमानत तथा प्रतितपत्र कारोबार समेत बैैकले गर्ने गरी भएको सम्झौताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै बैंक सधैं ग्राहक सेवामा समर्पित रही गुनासोरहित सेवा प्रदान गर्न तत्पर रहेको बताए ।

बैंकिङ वजारमा सरकारी बैंकको कारोबारका सम्वन्धमा सकारात्मक धारणा सृजना हुँदै गइरहेको र सरकारी बैंक नै देशको वैंकिङ सेवाको मेरुदण्ड हुने गरी यो सम्वन्धलाई थप मजवुत बनाई दिगो प्रभावकारी कारोबार गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

सम्झौता अनुसार बैंकले साझा स्वास्थ्य सेवाका औषधि पसलहरुबाट बैंकले नगद संकलन गरी बैंक खातामा जम्मा गरिदिने छ भने स्वास्थ्य सेवाका कर्मचारीहरुका लागि विना धितो कर्जा दिनेछ ।

यस अतिरित्त तलव खातामा निःशुल्क डेविट कार्ड तथा विद्युतीय भुक्तानीका सेवाहरु निःशुल्क रुपमा प्रदान गर्ने छ । बैंकको लकर सेवामा समेत ५० प्रतिशत छुट प्रदान गर्ने छ । प्रतितपत्र कारोबार तथा विदेशी मुद्राको कारोबारमा समेत छुट प्रदान गरी साझा स्वास्थ्य सेवाको व्यवसायिक बैंकिङ पार्टनर भई कार्य गर्ने छ ।

साझाले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS