IME Life New

कृषि विकास बैंकद्धारा विद्यालयलाई फर्निचर सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले तनहुँ जिल्लाकै जिल्ला जेठी विद्यालय भानु माध्यमिक विद्यालयलाई आवश्यक फर्निचरको लागि सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ४ लाख रुपैयाँ बराबरको फर्निचर सहयोग गरेको हो।

बैंकले यही पुस २९ गते विद्यालयको ७२ औं बार्षिकोत्सवको उपलक्षमा आयोजित कार्यक्रमको अवसरमा बैंकका का।मु उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठले उक्त रुपैयाको चेक विद्यायल व्यवस्थापन समितिका अध्यक्ष ज्योति कुँवरलाई बैंकको तर्फबाट हस्तान्तरण गरेका हुन्।

Esewa
Crest

उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको शाखा कार्यालय डुम्रे, तनहुँका प्रवन्धक पुरुषोत्तम पराजुलीको पनि उपस्थिति रहेको थियो । सो अवसरमा उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठले २०७२ सालमा आएको भूकम्पका कारण विद्यालयको भवन पूर्णरुपमा क्षति भएपछि नेपाल सरकार र अन्य दाताहरुको सहयोगमा विद्यालयको भवन पुननिर्माण भएता पनि अझै अन्य भौतिक संरचनाहरुको व्यवस्था गर्न बाँकी रहेको अवस्थामा बैंकको तर्फवाट केही हदसम्म भए पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि थप सहकार्य गर्न सकिने बताए।

सोही अवसरमा यस्तो सहयोग उपलब्ध गराएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्योति कुँवर, बन्दीपुर गाँउपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले समेतले बैंकलाई धन्यवाद ज्ञापन गरे।

उक्त अवसरमा बन्दीपुर गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न वडाका वडाध्यक्षहरु, कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरु, विद्यायलका शिक्षक शिक्षिका तथा कर्मचारीहरु, अभिभावकहरु तथा विद्यार्थिहरु समेत करिव एक हजार जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS