IME Life New

कृषि विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंकले आफ्नै केन्द्रिय तालिम प्रतिष्ठान बोर्डमा सभा सम्पन्न गरेको जनाएको छ । कोभिड १९ को जोखिमका कारण भर्चुअल माध्यमबाट सभा आयोजना गरेको बैंकले बताएको छ ।

सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभाले गत सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षण प्रतिवेदन लागयतका विवरणहरु पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ ।

बैंकले साधारणसभाको प्रयोजनका लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । त्यसकारण प्रस्तावित लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS