IME Life New

कृषि पशुपन्छी तथा जडिबुटी बीमा भनेको के हो ? किन आवश्यक छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषकले लगाएको कृषि बाली¸ तरकारी¸ फलफूल¸जडिबुटी तथा पालन गरिएको पशुपन्छी¸ माछा आदीमा हुन सक्ने सम्भावित जोखिम विरुद्ध गरिने बीमा नै कृषि पशुपन्छी तथा जडिबुटी बीमा हो । यस्तो बीमाले खडेरी¸ बर्षा¸ असिना¸ बाढी पहिरो¸ तुषारो¸ आगलागी¸ भूकम्प¸ आँधी¸ हावाहुरी जस्ता प्राकृतिक प्रकोप तथा रोग, किराबाट कृषि वाली¸पशुपन्छीमा हुन सक्ने हानी नोक्सानी तथा मृत्यु बाट हुने क्षति विरुद्ध आर्थिक क्षतिपूर्ति प्रदान गर्दछ ।

कृषि तथा पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका २०७९ अनुसार यस बीमाको देहायका प्रकारहरु रहनेछन् 

Esewa
Crest

१. कृषि बीमाः नेपाल सरकार वा सम्बन्धित निकायले कृषि अन्तर्गत बीमा गर्ने भनी छुट्टाएको बालिको बीमालाई कृषि बीमा भनिन्छ । यस बीमा अन्तर्गत धान¸ मकै¸ गहुँ¸ मुसुरो¸ खेसरी¸ मुँग¸ केराउ ¸ तोरी¸ सुर्यमुखी¸ आलस¸ भटमास ¸ तरकारी ¸च्याउ¸ फलफूल¸ फूल¸ मसला¸ घाँसेबाली आदीको बीमा गरिन्छ । यस्तो बीमा बालीको प्रकृति हेरी उत्पादन वा लागतको आधारमा गर्न सकिन्छ ।

२. पशुपन्छी बीमाः नेपाल सरकार वा सम्बन्धित निकायले पशुपन्छी बीमा गर्ने भनी छुट्टाएको पशुधनहरुको बीमालाई पशुपन्छी बीमा भनिन्छ । यस बीमा अन्तर्गत गाई भैंसी¸ भेडा बाख्रा¸ कुखुरा¸ हाँस¸ संगुर¸ पन्छी¸ माछा आदीको बीमा गरिन्छ ।

३. जडिबुटी बीमाः नेपाल सरकार वा सम्बन्धित निकायले जडिबुटी वा वन अन्तर्गत बीमा गर्ने भनी छुट्टाएको बीमालाई जडिबुटी बीमा भनिन्छ । यस बीमा अन्तर्गत टिमुर¸ हर्रोवर्रो¸ लौठसल्ला¸ ठूलोओखत¸ पाँचऔँले¸ जटामसी¸ चिराइतो¸ मेन्था¸ पुदिना¸ चिराइतो¸ घ्युकुमारी आदीको बीमा गरिन्छ ।

किन आवश्यक छ कृषि बीमा

कृषि पशुपन्छी तथा जडिबुटीमा आइपर्ने आर्थीक जोखिमको न्युनिकरण गर्न¸

कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितिबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न¸

कृषि क्षेत्रमा निजी तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्न¸

कृषि उत्पादनमा वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्न¸

नेपाल सरकारद्धारा दिँदै आएको अनुदान रकमको उपयोग गरी साना किसानको जिवनस्तर उकास्न ।

कसरी गर्न सकिन्छ कृषि बीमा
बीमा प्राधिकरणबाट ईजाजतपत्र प्राप्त निर्जीवन बीमा कम्पनीहरुमा रहेका कृषि बीमा अभिकर्ता मार्फत वा सोझै निर्जीवन बीमा कम्पनीमा गई बीमा गर्न सकिन्छ ।

साधारणतया कृषि पशुपन्छी तथा जडिबुटी बीमा अन्तर्गत निम्न जोखिमहरुको रक्षावरण गर्दछः

१.आगलागी तथा चट्याङ्ग

२.भूकम्प

३.बाढी रडुवान र पहिरो

४.आँधिबेहरी र हिउँ¸असिना¸तुसारो

५.रोग तथा किरा

६.आकस्मिक र दुर्घटनाजन्य बाह्य कारणहरु

साधारणतया कृषि पशुपन्छी तथा जडिबुटी बीमा अन्तर्गत निम्न जोखिमहरुको रक्षावरण हुँदैन

कानूनी निकायको आदेशमा नष्ट गर्नु पर्ने भएका

बीमा गरिएको वस्तु हराएमा वा चोरी भएमा

बीमा गरिने वस्तुको बारेमा झुठ्ठा विवरण दिएमा

युद्ध¸अतिक्रमण¸विदेशी सैन्य कारवाही¸गृहयुद्ध¸राजद्रोह¸क्रान्ति¸सत्ता विप्लव¸सैनिक विद्रोहको कारणबाट बीमित वस्तु वा सम्पत्तिको क्षति भएमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS