IME Life New

कृति भेन्चर फण्ड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा आज हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दुई कम्पनीको साधारण सभा हुँदैछ । आज नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कृति भेन्चर फण्ड लिमिटेडको साधारण सभा हुँदैछ ,

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको सातौ वार्षिक साधारण सभा आज मंसिर १९ गते हुने भएको छ । कम्पनीले सभा नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय सभाहल केशरमहल काठमाडौंमा दिनको ११ बजे शुरु हुने जनाएको छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९ / ८० का लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यस्तै, कृतिति भेन्चर फण्ड लिमिटेडले छैटौं वार्षिक साधारण सभा मंसिर १९ गते गर्ने भएको छ । कम्पनीले टाइम स्क्वायर रेष्टुरेन्ट बालुवाटारमा दिउँसो १ बजे साधारणा सभा गर्ने जनाएको छ । सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्न स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS