IME Life New

कुमारी सबल योजनाका इकाइहरुमा खरिद आवेदन दिने म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’का इकाइहरुमा खरिद आवेदन दिने म्याद थप गरिएको छ।

यो योजनाका इकाइहरु गत माघ २८ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाका इकाइ खरिदका लागि आज फागुन २ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर। पर्याप्त आवेदन नपरेका कारण अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। फागुन १३ गतेअगावै प्राप्त आवेदन परेको खण्डमा सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ।

Esewa
Crest

यस योजनाका प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १ प्रतिशत अर्थात १० लाख इकाइ कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्ध्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरिएको छ। यस योजनामा न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाइ खरिद गर्न निवेदन प्राप्त भएमा इकाइको बाँडफाँड गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाइ बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने जनाइएको छ।

यो योजनाको इकाइ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। यसमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS