IME Life New

कुमारी बैंकको १९ करोड रुपैयाँ ऋण काण्डमा सिआइबीले चार जनालाई लियो नियन्त्रणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराको विश्रामपुरमा रहेको १२ बिघा जग्गा किर्ते गरी बैंकबाट ऋण लिएको विषयमा केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी)ले चारजनालाई पक्राउ गरेको छ । काठमाण्डौं निवासी गायक योगेश्वर अमात्यको स्वामित्वमा रहेको जग्गालाई मालपोत कार्यालयबाट नक्कली कागज प्रमाण जुटाएर डेनियल ट्रेडिङको नाममा नामसारीपछि सो जग्गाको धितोमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा झिकिएको घटना प्रकाशमा आएपछि सिआइबीले अनुसन्धानको क्रममा चारजनालाई सोमबार पक्राउ गरेको हो ।

बैंक व्यवस्थापनले किर्ते जग्गा धितोमा प्रवाह गरिएको कर्जा रकम असुलउपर गरिसकेको छ । तर आफ्नो जग्गा किर्ते प्रमाणको आधारमा धितो बन्धक राखेर कर्जा झिकिएको थाहा पाएपछि गायक अमात्यले प्रहरीलाई जानकारी गराएका हुन् ।

Esewa
Crest

सिआइबीले कुमारी बैंक वीरगंज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर इन्जिनियर राजेश चौरसिया, ऋणी एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई सिआइबीले वीरगंजबाटै पक्राउ गरेको हो । कुमारी बैंकको न्यूरोड शाखाबाट ऋण झिकिएको छ ।
भ्यालुयर्स एशोसिएसनको हड्ताल घोषणा

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी) ले आफ्नो सदस्य राजेश कुमार चौरसियालाई पक्राउ गरेको विरोधमा नेपाल भ्यालुयर्स एशोसिएसनले शुक्रबारदेखि अनिश्चितकालीन हड्तालको घोषणा गरेको छ ।

एशोसिएशनले बैंक तथा वित्तीय संस्थाको लागी कुनै पनि किसिमको धितो मूल्यांकनसम्बन्धी सेवा प्रदान नगर्ने घोषणा गरेको हो ।
सिआइबीले सोमबार भ्यालुयर्स एशोसिएशनको सदस्य संस्था डाइनामिक कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्शन सर्भिसेजका संचालक ईन्जिनियर राजेश कुमार चौरसियालाई पक्राउ गरेको विरोधमा एशोसिएशनले हड्तालमा उत्रिएको हो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीको लागी धितो राख्ने सम्पत्तिको मूल्यांकन गर्ने सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई भ्यालुयर्स(मूल्यांकनकर्ता) भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS