IME Life New

कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रमः देशभरका ५४ सय नागरिक लाभान्वित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्ट योर मनी सेक्योर योर पिउचर भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा कुमारी बैंकले प्रभावकारि तरिकाले सहभागिता जनाएको छ । वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तिय मनोबृद्धि प्रर्वद्धन मार्फत कुसल वित्तिय ब्यवहार विकासलाई प्रमुख लक्ष्यकारुपमा लिदै बैंकले विभिन्न क्रियाकलापहरु सञ्चालन गरेको थियो ।

बैंकले वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरता तथा आचरण प्रर्वद्धनका लागि कर्मचारीहरुको प्रतिवद्धता कार्यक्रम सञ्चालन, देशै भरि वित्तिय साक्षरताका आधारस्तम्भहरुको प्रशिक्षण सञ्चालन , वित्तीय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरुलाई सपथ कार्यक्रम सञ्चालन, बैंकको सामाजिक संजाल मार्फत वित्तिय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण, देशै भरि वर्षै भरी वित्तीय साक्षरता प्रर्वद्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको अभिनय सहितको भिडीयो श्रृंखला तथा सामाजिक विषय बस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक गरिएको थियो ।

Esewa
Crest

सबैका लागि सधैका लागि आधुनिक बैंकिङ सेवा प्रवाहमा अनवरत आफूलाई अग्रपक्तीमा उभ्याउन सफल कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्तीय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो । जसमा ५४ सय भन्दा बढि विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए । कुमारी बैंकद्धारा अभियान अबधिभरमा कार्यान्वयनमा ल्याइएका समाग्रीहरु तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरुले ग्लोबल मनी विकको १२ औं संस्करणलाई जिबन्तता प्रदान गर्न सफल भएको देखिन्छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS