IME Life New

कुमारी बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले नगद लाभांश वितरण गरेको छ । बैंकले आफ्नो कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ६७ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।

बैंकले उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता नम्बर अध्यावधिक गराएका शेयरधनीहरुको हकमा सोही खातामा जम्मा गरेको जनाएको छ । हालसम्म पनि आफ्नो बैंक खाता अद्यावधि नगराएका शेयरधनीहरुले यथासिघ्र बैंक खाता नम्बर अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

कात्तिक ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा सुविधा उपभाग गरेका शेयरधनीहरुले सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र नगद लाभांश बैंक खातामा जम्मा गरिने बैंकले यसै सुचनामा उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS