IME Life New

कुमारी क्यापिटलका ३ वटै म्युचुअल फन्डको बढ्यो न्याभ, लगानी पनि बढाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको फागुन महिना वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका कुमारी धनवृद्धि योजना, कुमारी सुनौलो लगानी योजना, कुमारी इक्विटी फन्ड र कुमारी सबल योजनाको वित्तीय विवरण सार्वजनिक भएको हो। माघको तुलनामा फागुनमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ।
फागुनमा कुमारी धनवृद्धि योजनाको न्याभ बढेर १०.९६ रुपैयाँ पुगेको छ। माघमा न्याभ १०.९० रुपैयाँ थियो।
यो योजनाको कुल लगानी बढेर फागुनमा १ अर्ब २३ करोड ६९ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी १ अर्ब २३ करोड १२ लाख रुपैयाँ थियो।
गत माघमा ४ करोड ६७ लाख रुपैयाँ नाफामा रहेको यो योजनाले फागुनमा पनि ५ करोड ६७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।
यसैगरी गत माघमा कुमारी सुनौला लगानी योजनाको ११.११ रुपैयाँ न्याभ रहेकोमा फागुनमा बढेर ११.१२ रुपैयाँ कायम भएको छ।
यो योजनाको कुल लगानी बढेर फागुनमा ३६ करोड ७० लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ३६ करोड ३२ लाख रुपैयाँ थियो।
गत माघमा १ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको यो योजनाले फागुनमा पनि १ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
गत माघमा कुमारी इक्विटी फन्डको न्याभ १०.३२ रुपैयाँ रहेकोमा फागुनमा बढेर १०.३५ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी बढेर फागुनमा ९८ करोड ९४ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ९८ करोड ८४ लाख रुपैयाँ थियो।
गत माघमा २ करोड ९४ लाख नाफामा रहेको यो योजनाले फागुनमा पनि ३ करोड ३२ लाख नाफा आर्जन गरेको छ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS