IME Life New

कुन कुन कम्पनीको घटबढले नेप्सेलाई पार्छ सर्वाधिक असर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीकर्ताले आफ्नो कम्पनीको बजार मूल्य घटबढ भन्दा पनि धेरै हेर्ने भनेको नेप्से परिसूचक नै हो । बजारमा अरु परिसूचक पनि छन् तर अधिकांश लगानीकर्ताले हेर्ने भनेकै नेप्से परिसूचक हो । सेन्सेटिभ इन्डेक्स, फलोट, सेन्सेटिभ फलोट र १३ वटा समुहगत परिसूचकहरु भए पनि यी सूचकहरु खासै हेरिएको पाइँदैन ।

नेप्से परिसूचक बजार पूँजीकरणको आधारमा गणना गरिन्छ । कम्पनीहरुको शेयर मूल्य वृद्धि भए पछि उक्त कम्पनीको पूँजीकरण बढ्ने र धेरै कम्पनीको पूँजीकरण वृद्धि हुँदा समस्त बजारको पूँजीकरण वृद्धि हुँदै नेप्से परिसूचक वृद्धि हुने गर्छ। यसरी नै धेरै कम्पनीहरुको शेयर मुल्य घटेर नेप्से परिसूचक घट्ने गर्दछ।

Esewa
Crest

नेप्से परिसूचक घटबढ कम्पनीहरुको मूल्य घटबढले निर्धारण गर्ने भए तापनिं बजार पूँजीकरण धेरै भएका कम्पनीहरुको घटबढले नेप्से परिसूचकलाई धेरै प्रभाव पार्ने गर्छ भने थोरै पूँजीकरण भएका कम्पनीहरुको प्रभाव थोरै हुने गर्छ ।

दशैँ अघि बजार बन्द हुँदाको तथ्यांकलाई आधार मान्दा नबिल बैंकको सर्वाधिक बजार पूँजीकरण रहेको छ । बैंकको १ खर्ब ७८ अर्ब बजार पूँजीकरण रहेको छ। बैंकको शेयर मूल्यको उतारचढावले नेप्से परिसूचकलाई सबै भन्दा धेरै असर गर्ने देखिन्छ ।

त्यस्तै दोश्रोमा सबै भन्दा धेरै पूँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम रहेको छ । टेलिकमको १ खर्ब ४५ अर्ब पूँजीकरण हुँदा बाँकी सबै कम्पनीको पूँजीकरण भने खर्ब मुनी रहेको छ।

तेश्रोमा नागरिक लगानी कोषको ७८ अर्ब पूँजीकरण हुँदा चौथोमा एनआईसी एशिया बैंकको पूँजीकरण ७१ अर्ब रहेको छ । पाँचौमा नेपाल पुनर्बीमाको पूँजीकरण पनि ७१ अर्बनै रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

48%
happy

खुसी

9%
sad

दु :खी

22%
amazed

अचम्मित

13%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS