IME Life New

किसान लघुवित्तको नाफा २१% ले बढ्दा अधिकांश सुचकमा प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले अधिकांश सुचकमा प्रगति गरेको देखिन्छ ।।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१ दशमलव ६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ दशमलव ३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८३ दशमलव २२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी १४ दशमलव ५१ प्रतिशत बढेको छ ।

यस अवधिमा लघुवित्तको जगेडा कोष २४३.५२ प्रतिशत बढेको छ भने सापटी २८.३४ प्रतिशत, निक्षेप २३.११ प्रतिशत र कर्जा ३४.९६ प्रतिशत बढेको छ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ रुपैयाँ ९५ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ १० पैसा बढेर २३ रुपैयाँ ४ पैसा पुगेको छ।

यस अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६६.३५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS