IME Life New

किन नगद थुपारेर बसेका छन् वारेन बफेट ? मन्दीको डर हो वा अरु केही ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाका प्रसिद्ध लगानीकर्ता एवं शीर्ष धनीव्यक्ति वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवे २४ वर्षयताकै उच्च स्तरमा पुगेको छ। यो वर्षको दोस्रो त्रैमासमा कम्पनीसँगको कुल नगद कुल सम्पत्तिको २५ प्रतिशतले बढेको छ। यो कम्तीमा २४ वर्षयताकै उच्च हो।

पछिल्लो २ वर्षमा कम्पनीको नगद सम्पत्ति दोब्बर भएको छ। यसअघि सन् २००५ को दोस्रो त्रैमासिकमा कुल सम्पत्तिको तुलनामा कम्पनीको नगद २४.५ प्रतिशत पुगेको थियो र सन् २००७ सम्म सोही स्तरमा रहेको थियो।

Esewa
Crest

सन् २०२४ को दोस्रो त्रैमासिकमा कम्पनीको नगद, नगद इक्विवेलेन्ट्स र सर्ट टर्म ट्रेजरी ८८ अर्ब डलरले बढेर २७७ अर्ब डलरको सर्वकालीन स्तरमा पुगेको छ।

बर्कशायर ह्याथवेले विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको ५० प्रतिशत शेयर बेचेको छ। साथै, कम्पनीले जुलाईदेखि बैंक अफ अमेरिकाको आफ्नो ८.८ प्रतिशत सेयर बिक्री गरेको छ। मे महिनामा कम्पनीको वार्षिक बैठकमा बफेटले आफूलाई थप इक्विटी किन्न हतार नगरेको बताएका थिए। जब उनले कम जोखिम र उच्च प्रतिफल भएको स्टक देख्छन् र किन्छन्। यद्यपि, एप्पल अझै पनि उनको पोर्टफोलियोमा सबैभन्दा ठूलो दाउ हो।

बर्कशायरमा रहेको एप्पलको शेयरको मूल्य ८४.२ अर्ब डलर छ। यो वर्षको सुरुमा एप्पलको १७४.३ अर्ब डलरको शेयर रहेको कम्पनीले लगातार तीन त्रैमासिकमा एप्पलमा आफ्नो शेयर घटाएको छ।

अमेरिकामा मन्दीको डर बढिरहेको बेला बर्कशायरले शेयर बेचेको विज्ञहरु बताउँछन्। हालैका धेरै तथ्यांकहरुले अमेरिकी अर्थतन्त्रको कमजोरीलाई हाइलाइट गर्दछ। तर, आगामी दिनमा कर्पोरेट कर बढ्ने डरले बर्कशायरले सेयर बेचेको मान्ने एउटा वर्ग छ। अमेरिकामा अबको केही महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। बफेटले मे महिनामा पनि नयाँ सरकारले कर नीतिमा परिवर्तन गर्न सक्ने बताएका थिए।

बर्कशायर ह्याथवेको स्टक संसारमा सबैभन्दा महँगो छ। हाल कम्पनीको बजार पुँजी ९४४.६० अर्ब डलर छ र यो विश्वको आठौँ सबैभन्दा मूल्यवान कम्पनी हो। यसभन्दा अगाडि एप्पल, माइक्रोसफ्ट, एनभिडिया, अल्फाबेट (गुगल), साउदी आरामको, अमेजन र मेटा प्लेटफर्म (फेसबुक) छन्।

बफेट १३८ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका नवौँ धनी व्यक्ति हुन्। यो वर्ष उनको कुल सम्पत्ति १८.४ अर्ब डलरले बढेको छ। उनीभन्दा अगाडि एलन मस्क, जेफ बेजोस, बर्नार्ड अर्नाल्ट, मार्क जुकरबर्ग, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज र स्टिभ बाल्मर छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS