IME Life New

किन आइरहेको छ महालक्ष्मी विकास बैंकको शेयरमा उछाल, यस्तो छ कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । केही समय यता देखि महालक्ष्मी विकास बैंकको शेयर कारोवारमा अत्याधिक चहलपहल देखिएको छ।  यस पछाडीको एउटा भनेको कम्पनीले आर्थिक वर्ष ७७/७८ को लागि लाभांश प्रस्ताव गर्न बाँकी हुनु पनि एउटा कारण रहेको छ।

केही विकास बैंकले साधारणसभा सम्पन्न गरेर लाभांश पनि वितरण गरेको अवस्थामा महालक्ष्मीको लाभांश नै प्रस्ताव नभएको कारणले गर्दा शेयर बजारमा चहल पहल वृद्धि हुनु स्वाभाविक रहेको छ। त्यस्तै, महालक्ष्मी विकास बैंकको प्रगति राम्रो भएकाले ठूला बाणिज्य बैंकहरु मध्ये  नबिल बैंकसँग मर्जको हल्ला समेत बाहिर ल्याईएको छ ।

Esewa
Crest

त्यस्तै कम्पनीले आर्थिक वर्ष  ७८/७९ मा  आकर्षक मुनाफा आर्जन गर्नु पनि एउटा अर्को कारण रहेको छ। विकास बैंक मध्ये कम्पनी खुद मुनाफाको मामलामा दोश्रो स्थानमा रहेको छ । कम्पनी खुद मुनाफामा  मुक्तिनाथ विकास बैंक भन्दा मात्र पछि छ। कम्पनीले ३ महिनाको अवधिमा २३ करोड ५ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन समिक्षा अवधिमा ४४ प्रतिशतले वृद्धि हुन सफल भयो।

त्यत्सै प्रति शेयर आम्दानी  पनि कम्पनीको आकर्षक रहेको छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २७ रुपैयाँ ५९ पैसा छ भने किताबी मूल्य पी १७१ रुपैया  ६५ पैसा छ।

रास्ट्रिय स्तरका विकास बैंकको खुद नाफाको अवस्था :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS