IME Life New

किड्जीको जोयफुल प्यारेन्टिङ इन मोडर्न टाइम्स विषयमा छलफल सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियाकै ठूलो प्रिस्कुल चेन किड्जीले ‘जोयफुल प्यारेन्टिङ इन मोडर्न टाइम्स’ विषयमा प्यानल छलफल आयोजना गरेको छ।बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकलाई जागरुक गराउन ​किड्जीले यो अभियान शुरु गरेको जनाएको छ।

कार्यक्रममा विशेष आवश्यकता भएका विद्यार्थीहरुलाई प्रारम्भिक ‘इन्टरभेन्सन’ को महत्वका बारेमा पनि छलफल भएको थियो। किड्जीले शनिबार काठमाडौंको होटल रोयल सिङ्गीमा उक्त छलफल गरेको हो।

Esewa
Crest

छलफलमा डा. मञ्जु श्रेष्ठ (कन्सल्टेन्ट बाल रोग विशेषज्ञ)‚ शमेद कतिला श्रेष्ठ (बाल फिजियोथेरापिस्ट)‚ श्रीमती कविता अर्याल (औपचारिक विद्यालय प्रिन्सिपल)‚ श्रीमती सुनिता चौहान (सामाजिक अभियन्ता)‚ श्रीमती नेहा अवस्थी (शैक्षिक प्रबन्धक, किड्जी) लगायत सबैले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे प्रकाश पारेका थिए।

किड्जीले हालसम्म २००० भन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीहरूको पालनपोषण र प्रशिक्षण गरिसकेको छ। अहिलेसम्म १ लाखभन्दा बढी शिक्षकहरूलाई तालिम दिइसकेको छ।

हाल देशका ५ ठूला शहरका १४ ठाउँमा किड्जी संचालन भइरहेको छ। प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा २० वर्षभन्दा बढीको अग्रगामी विरासत र अनुभवका साथ किड्जी ‘ह्वाट इज राइट फर द चाइल्ड’ सिद्धान्तद्वारा निर्देशित भएकाले बालबालिकाका लागि सिक्ने र हुर्कने क्रममा मानसिक पोषण लिने गतिलो स्थान हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS