IME Life New

कालिञ्चोक दर्शनको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत बुधवारबाट निष्काशन गरेको रेमिट आइपीओमा करिब तीन गुणा आवेदन परेको छ। सिडिएससिका अनुसार आइतबार बेलुकासम्ममा तीन लाख १० हजार ७५० कित्ताको लागि आवेदन परेको हो । ७६१ आवेदकले तीन करोड १० लाख ७५ हजार रुपैयाँ बराबरको शेयर माग गरेका हुन्। जुन माग भन्दा करिब तीन गुणा बढी हो। कम्पनीले एक लाख आठ हजार कित्ताको लागि आवेदन खोलेको थियो।

त्यस्तै, स्थानीयको पनि शेयरमा उत्तिकै आकर्षण देखिएको छ। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका आइतबार साढे चार बजेसम्म ३० लाख ६४ हजार रुपैयाँ बराबरको ३० हजार ६४० कित्ताको लागि आवेदन परेको छ। ५९० आवेदकले उक्त रकम बराबरको आवेदन गरेको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ।

Esewa
Crest

कम्पनीले मंसिर १४ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गरेको हो। कम्पनीले आवेदन खुलेको १५ दिनसम्म आवेदन गर्ने म्याद राखेको छ। स्थानीयको लागि भने १५ दिनमा सबै शेयर बिक्री नभए १५ दिन म्याद थप गरिनेछ ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत हुन आउने एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुकालागि निष्काशन गरेको छ। त्यसैगरी, कम्पनीले जारी पूँजीको १८ प्रतिशत हुन आउने १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणकोलागि निष्काशन गर्नेछ ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै मेगा बैंक, सेञ्चुरी बैंक दोलखाको तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो आईपीओ खरीद गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS