IME Life New

कालिका इनर्जीको साधारण सभा आज हुँदै, के-के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका इनर्जी लिमिटेडको वार्षिक साधारणसभा आज माघ १० गते हुने भएको छ । कम्पनीले उक्त सभा माघ १० गते विहान ११ बजे कम्पनीको कर्पोरेट अफिस बालुवाटार काठमाडौंमा सम्पन्न हुने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको तर्फबाट पेश भएको प्रतिवेदन छलफल तथा पारित गर्ने, आर्थिक २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल तथा पारित गर्ने, आ।व।२०७८/०८० का लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

Esewa
Crest

साथै संचालक समितिको गठन गर्ने, कम्पनी सचिवको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा वार्षिक साधारणसभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS