IME Life New

कारोबार समयमा लाभांश घोषणा गरे पछि प्रभु बैंकको कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । धितोपत्र बजार चालु रहेकै समयमा लाभांश घोषणाका लागि सञ्चालक समितिको बैठक बसे पछि नेप्सेले बैंकको कारोबार रोक्का गरेको हो । नेप्सेले सात दिन भित्रमा स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ ।

बैंकले धितोपत्र सूचिकरण विनियमावली २०७५ को धितोपत्र सूचिकरण सम्ब्नधी सम्झौताको बुदा नम्बर ५ मा भएको व्यवस्था अनुसार तत्काल वा भोलि पल्ट वा कारोबार समय शुरु हुनु अघि जानरकि गर्नु पर्ने व्यवस्था बमोजिम लाभांश घोषणा नगरेको पाइएको नेप्सेले जनाएको छ । कम्पनीले लाभांशको वितरण गर्ने निर्णय सोहि दिन गराएता पनि कारोबार सकमय खुल्नु अघि जानकारी नगराएको र सोही दिन कारोबार समय दिउसो एक बजेदेखि तीन बजेसम्म बैंठक बसी धितोपत्र कारोबार तथा मूल्य सँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट बञ्चित गरेको पाइए पछि कारोबार रोक्का सँगै स्पष्टिकरण माग गरिएको हो ।

Esewa
Crest
41dc59c62ce64ca8c516aa09d30aa9dd

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS