IME Life New

कारोबार समयमा आएको नेप्सेकै सूचनाका कारण बजार घटेको लगानीकर्ताको आरोप, के भन्छ नेप्से ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार भारी अंकले घटेको छ। धेरै दिनदेखि घटेको बजार आइतबार सामान्य अंकले बढेको थियो। बजार सोमबार पनि बढ्ने लगानीकर्ता आशावादी थिए।

लगानीकर्ता आशाविपरीत आज शेयर बजार भारी अंकले ओरालो लाग्यो। आज बजार घट्नुको मुख्य कारक बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) नै रहेको लगानीकर्ताहरुको आरोप छ।

Esewa
Crest

नेप्सेको कार्यालयले कारोबार समयमा लगानीकर्तालाई सचेत गर्न एउटा सूचना जारी गर्यो। सूचनामा लगानीसम्बन्धी निर्णय लिँदा सचेत रहन नेप्सेले आग्रह गरेको छ।

नेप्सेले नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैले पनि बजार विश्लेषकका रुपमा दर्ता गर्ने वा मान्यता प्रदान नगरेको स्पष्ट पारेको छ। फेसबुक, ट्विटर, क्लबहाउसलगायतका सामाजिक सञ्जाल वा आमसञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिने नेप्सेले सचेत गराएको छ। त्यसैले यथार्थ बुझेर लगानीसम्बन्धी निर्णय गर्न पनि सम्बन्धित सबैलाई नेप्सेले भनेको छ।

नेप्से यो सूचना आफ्नो फेसबुक पेसबाट मध्याह्न साढे १२ बजेको आसपास सार्वजनिक गरेको थियो। तर, नेप्सेले आफ्नो वेबसाइटमा भने बजार बन्द भएपछि मात्रै सार्वजनिक गरेको छ।

सक्रिय लगानीकर्ता गोपीकृष्ण घिमिरे नियमनकारी निकायकै कारण आज बजार प्रभावित हुने गरेको गुनासो पोखे। ‘नेप्से आफैँले कारोबार समयमा बजार प्रभावित पार्ने सूचना कम्पनीहरुले पठाउन नपाउने नियम बनाएको छ, आज ऊ आफैँले बजार प्रभावित पार्ने सूचना जारी गर्यो’, गजुरेलले भने, ‘नेप्सेलाई कसले कारबाही गर्ने ?’

‘धेरै दिन घटेर बजार आइतबार बजार सामान्य अंकले बढेर बन्द भएको थियो’, गजुरेलले भने, ‘आज राम्रै अंकले बढ्ने लगानीकर्ताको आशा थियो। तर, नेप्सेले बर्बाद गरिदियो।’

अर्का लगानीकर्ता विश्व पौडेल पनि नेप्सेकै सूचनाले बजार घटेको बताउँछन्। ‘कारोबार समयमा त्यस्तो संवेदनशील सूचना जारी गर्न हुँदैन थियो’, उनले भने, ‘यो नेप्सेको चरम लापरबाही हो। त्यही सूचना बढ्नुपर्ने बजार घट्यो।’

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने सरासर उक्त सूचनाको सार्वजनिकीकरणका विषयमा ढाकछोप गर्न खोजे। नेप्सेकै सूचनाले बजार घट्यो भन्ने लगानीकर्ताको आरोपमा उनले भने, ‘होइन, बजार बन्द भइसकेपछि सूचना सार्वजनिक भएको हो। कारोबार भइरहेको बेला आएको होइन।’

यस्तो छ सूचना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS