IME Life New

कामना सेवा विकास बैंकद्धारा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई साइबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साईवर व्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई वर्तमान् अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतिय ठगी, साईबर अपराध तथा अन्य साईबर सम्वन्धी जोखिमलाई न्यनुनिकरण गर्न बैंकको संचालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको वारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए ।

Esewa
Crest

उक्त प्रशिक्षणले बैंकका संचालक समिति तथा उच्च व्यवस्थापनहरुको साईबर जोखिम सम्वन्धी ज्ञान अभिवृद्धी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS