IME Life New

कामना सेवा विकास बैंकले १७औं बार्षिकोत्सव १७ कार्यक्रमका साथ सप्ताहव्यापी मनाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरि सप्ताहव्यापी रुपमा मनाउने भएको छ । १७ औं बार्षिकोत्सवको शुभ अवसरमा विभिन्न १७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।

जस अन्तर्गतः १७ गते शुक्रवार देखी २३ गते विहीवार सम्म कामना सेवा फुटसलकप सिजन ३, हाईकिङ्ग कार्यक्रम, सरसफाई कार्यक्रम, सातै क्षेत्रमा रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ती वितरण, ट्राफिक सचेतना वोर्ड हस्तान्तरण, वाकाथुन कार्यक्रम, स्वास्थ्य ल्याव हस्तान्तरण, डिजिटल मेला, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, डिजिटल दान पेटिका हस्तान्तरण, नेत्रहिनहरुको वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ । जस अन्तर्गत १७ गते शुक्रवार देखी बैंकले हरेक वर्ष आयोजना गर्ने फुटसल प्रतियोगिताको तेश्रो संस्करण शुरुवात गर्नेछ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागीतामा सम्पन्न हुने उक्त प्रतियोगिता बैंकले हरेक वर्ष गर्दै आएको छ ।

Esewa
Crest

बैंकले आफ्ना १३५ वटा संजाल तथा ७७ वटा एटिएम वुथहरुवाट आफ्ना अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS