IME Life New

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको शाखा कार्यालय दमकमार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थानगमला हस्तान्तरण गरेको छ।

प्रशान्ति टोल विकास संस्थाको साधारणसभाअन्तर्गत संस्थाले एक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई ‘प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन’ भन्ने उद्देश्यमा कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ती गमला हस्तान्तरण कार्य सम्पन्न गरेको हो। बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले ती गमला संस्थाका अध्यक्ष ज्ञानबहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए।

Esewa
Crest

कार्यक्रममा अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आयोजना गरिएको कार्यक्रम सकारात्मक रहेको बताए।

कार्यक्रममा बैंकका कर्मचारीहरु तथा संस्थाका आबद्धहरुको उपस्थिति थियो। यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS