IME Life New

कामना सेवा विकास बैंकको बोनश शेयर हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीले गत कात्तिक २३ गते सम्पन्न १५औं साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीले कात्तिक ९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनश शेयर जम्मा गरेको बताएको छ भने उक्त मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

Esewa
Crest

कात्तिक ९ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS