IME Life New

कामना सेवा विकास बैंकद्वारा नेपालपे क्युआरको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकद्वारा नेशनल पेमेन्ट स्विच अन्तर्गतको नेपालपे क्युआरको लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपालपे क्युआर सुबिधा सुरु भएको छ।

यस मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपालपे क्युआर मार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ । नेपालपे क्युआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा संचालित क्युआर माप्दण्ड कार्यान्वयन गर्ने प्रमुख पुर्वाधार हो जस्ले नेट्वर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तर संचालनमा मद्दत गर्नेछ।

Esewa
Crest

आबद्दतासंगै कामना सेवा विकास बैंक नेशनल पेमेन्ट स्विच मा आबद्ध हुने विकास बैंक मध्ये पहिलो विकास बैंक र नेपालपे क्युआर लाई समर्थन गर्ने पहिलो विकास बैंक बनेको छ। यससँगै, कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकहरुले अब नेपालपे क्युआर मार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन्।

जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको वालेट वा कनेक्ट आइपिएसको मोबाइल बैंकिङ मार्फत यो सुबिधा प्रयोग गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS