IME Life New

कामना सेवा विकास बैंकले “कामना सेवा फुटसल कप 2021” को आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवाले विकास बैंकले कामना सेवा फुटसल कप 2021 को आयोजना गर्दैछ । बैंकले “स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रो हप्ता पहिलो “Kamana Sewa Futsal Cup 2021 प्रतियोगिता आयोजना गर्ने भएको हो ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् ।

Esewa
Crest

सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन Khelpati.com ले गर्नेछ भने अखिल नेपाल फुटबल संघ (ANFA) फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक विश्वेश्वर सुवेदीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS