IME Life New

महालक्ष्मी लाईफको व्यवसायमा छलाङ्ग, कुल बीमा शुल्क १०७९ % ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सबै भन्दा कान्छो लाईफ इन्स्योरेन्स कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्सको आफ्नो व्यवसाय विस्तार गर्ने क्रम जारी रहेको छ।  कम्पनीले आक्रामक रुपमा व्यापार फैलाउँदै कुल बीमा शुल्क आर्जनमा १०७९ प्रतिशतको वृद्धि हासिल गरेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३९ करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ३७ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

Esewa
Crest

खुद बीमा शुल्क आर्जन रकम ३९ करोड ३१ लाख पुगेको छ।  खुद बीमा शुल्क आर्जन रकम १०६४ प्रतिशतले वृद्धि भएको छ।

जीवन बीमा कोषपनि आकर्षक वृद्धि हुँदै ४९ करोड १९ लाख पुगेको छ।  १ अर्ब ४० करोड चुक्ता  पुँजी भएको कम्पनीको जगेडाकोषमा ७ करोड २ लाख पुगेको छ।

कम्पनीले ९ महिनाको अवधिमा ६ करोड ५८ लाख खुद मुनाफा गरेको छ ।  खुद मुनाफामा ६ प्रतिशतको वृद्धि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS