IME Life New

कात्तिक ८ गते गाईतिहारको दिन सूर्यग्रहण लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ – तिहारको तेस्रो दिन कात्तिक ८ गते मंगलवार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार अपरान्ह ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुनेछ ।

समितिका आनुसार ग्रहण लागेको ३२ मिनेटमा सूर्यास्त हुने भएपनि सूर्यगहण भने बेलुकी ७ ः३० सम्म लाग्नेछ । शास्त्रीय मान्यताअनुसार उक्त समय विरामी, बृद्ध र बालक बाहेक अन्यले भोजन गर्नु राम्रो हुँदैन । कात्तिक ८ गते विहान ४ बजेर ५२ मिनेटदेखि नै भोजन निषेध गर्नु राम्रो हुने समितिले जनाएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS