IME Life New

काठमाडौं, ललितपुर र भक्तपुरमा सबैभन्दा सस्तो जग्गा पाइने ठाउँ, प्रति आना चार लाखदेखि साढे दुई करोडसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं भक्तपुर र ललितपुरका कतिपय स्थानमा अहिले पनि ४ लाख रुपैयाँ आनामा जग्गा पाइन्छ । भक्तपुरको साँगाको कतिपय क्षेत्रमा अहिले ४ लाख रुपैयाँ आनामा खरिद बिक्री भइरहेको छ । त्यस्तै भुक्तपुरको गुण्डु क्षेत्रमा अहिले १२ लाख आनामा खरिद बिक्री भइरहेको जग्गा खरिद बिक्रीकर्ताहरु बताउछन् । भक्तपुरको तेलकोट डाडामा पनि ७ लाख रुपैयाँ आनामा खरिद बिक्री भइरहेको छ ।

काठमाडौंका कतिपय स्थानमा अहिले पनि ८ लाख रुपैयाँ आनामा जग्गा किन्न पाइन्छ । काठमाडौंको साखु भन्दा माथि पालुबारीमा प्रति आना ८ लाख रुपैयाँमा किनवेच भैरहेको छ । काठमाडौंकै गागलफेदीमा प्रति आना १२ लाख, जितपुर फेदीमा १० लाख, भद्रवासमा १३ लाख, झोरमा १० लाखमा खरिद गर्न पाइन्छ ।

Esewa
Crest

त्यस्तै दधिकोट, सुडाल, कपन भन्दा माथि चुनिखेल, काभ्रेस्थली, धर्मस्थली, टोखामा २० लाख हाराहारीमा जग्गा खरिद बिक्री भैरहेको पाइन्छ । त्यस्तै बालकोट, बोडे, सुर्यविनायक, कमलविनायक, कोशलटार, मुलपानी, गोठाटार, दुवाकोट, झौखेल, सुनाकोठी, नख्खीबोट, टिकाथली, लुभु, पासिकोट, चपली, लामाटार क्षेत्रमा ३० लाखमा जग्गा खरिद बिक्री गर्न पाइन्छ ।

बौद्धको भित्रि बाटो, जोरपाटीको भित्री बाटो, चावहिलको भित्री वाटो, नारायणस्थानको भित्रि बाटो, बसुन्धाराको भित्रिबाटो, बालाजुको भित्रिबाटो, बनस्थलीको भित्री बाटो लगायत रिङ रोड भित्रका भित्री बाटोमा ४० देखि ५० लाख को हाराहारीमा जग्गा खरिद बिक्री गर्न सकिन्छ ।

काठमाडौं उपत्यका भित्र दरवारमार्ग, कमलपोखरी, पानिपोखरी, नक्साल, महाबौद्ध, बानेश्वर, कोटेश्वर,  विशाल नगर, चावहिल, बालुवाटारका जग्गा प्रति आना एक करोड ५० लाखदेखि साढे दुई करोड रुपैयाँसम्म पर्छ । सबैभन्द महंगोमा दरवारमार्गको जग्गा पर्दछ । दरवारमार्गमा प्रति आना साढे दुई करोड रुपैयाँसम्ममा खरिद बिक्री हुने गरेको छ । त्यस्तै पानिपोखरी, बानेश्वर, चक्रपथ, बालुवाटारको कतिपय जग्गा २ करोड हाराहारीमा खरिद बिक्री हुने गरेको छ ।

दरवारमार्ग, बानेश्वर, पानि पोखरी, नक्साल, बालुवाटार क्षेत्रको जग्गा खासै खरिद बिक्री हुँदैन । तर सस्तो जग्गाको कारोबार भने अत्याधिक हुने गरेको पाइन्छ ।

सस्तो तथा महंगो जग्गा पाउने स्थान 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS