काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले शोक बिदा दिने घोषणा गरेको हो । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान निधन भएको थियो । उनको निधनमा आज महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको हो ।













