IME Life New

काठमाडौं टेक्निकल स्कुल र अस्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ बिजनेसबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। काठमाडौं टेक्निकल स्कुल र अस्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजीबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीलाई विश्वव्यापी अवसर प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ।

सुकेधारस्थित काठमाडौं टेक्निकल स्कुलको कार्यालयमा शुक्रबार भएको विशेष कार्यक्रममा काठमाडौं टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेल र क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत दिपक खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

Esewa
Crest

यस समझदारीपछि काठमाडौं टेक्निकल स्कुलले क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजीको प्राविधिक विशेषज्ञता र अनुभवमार्फत नेपालीविद्यार्थीलाई विश्वस्तरीय प्राविधिक शिक्षामा पहुँच प्रदान गरेर नेपालको शैक्षिक गुणस्तरमा व्यवहारिक परिवर्तन ल्याउने छ।

उक्त अवसरमा काठमाण्डौ टेक्निकल स्कुलका अध्यक्ष पौडेलले यस साझेदारीमार्फत नेपाली विद्यार्थीलाई अहिलेको प्रतिष्पर्धात्मक युगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

क्राउन इन्स्टिच्युट अफ विजनेस एन्ड टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत खड्काले काठमाण्डौ टेक्निकल स्कुलमार्फत आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुशी व्यक्त गर्दै नेपाली विद्यार्थीहरुलाईआवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन आफूहरुको सहकार्य भएको स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS