IME Life New

काठमाडौंसहित पाँच जिल्लामा थप १९ जना कोरोनाबाट संक्रमित, कूल संख्या ६०३ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार काठमाडौं सहित देशका पाँच वटा जिल्लामा १९ जना मानिसमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको कूल संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार काठमाडौंको सोहखुट्टेमा कोरोनाको संक्रमण देखिएको छ ।

सो स्थानका ६९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । सोह्रखुट्टेमा भेटिएका नयाँ संक्रमित हुन् । त्यस्तै, मोरङ बारादशी–३ का ४५ वर्षीय पुरुष, बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Esewa
Crest

स्थानीय तहमा फैलिएको विश्वास गरिएको रुपन्देहीको समरिमाई–५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषमा कोरोना भाइरसले संक्रमण गरेको छ । सोही जिल्लाको गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS