IME Life New

काठमाडौँ महानगरको १३ औँ अधिवेशनको दोस्रो बैठकबाट वार्षिक नीति तथा कार्यक्रम पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौँ महानगरपालिकाको १३ औँ अधिवेशनको दोस्रो बैठकले वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रिय सभागृहमा बसेको १३ औँ अधिवेशनको दोस्रो बैठकमा छलफलपछि उक्त नीति तथा कार्यक्रम पारित गरिएको हो ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहले, चालु आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी वर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेस गरेका थिए ।

Esewa
Crest

वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्रान्डिङ गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने, ३ वर्षभित्र निर्माण सम्पन्न हुने, महानगर १० वटा गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिका मुख्य विषय हुन् ।

सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तथा वित्त व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपन्छी, सामाजिक विकास, खेलकुद, सहकारी, अन्तर्राष्ट्रिय सम्बन्ध, विपद् व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना तथा प्रविधि, हरियाली प्रवद्र्धन आयोजना, सहरी योजना आयोग सम्बन्धी कार्यनीति पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS