IME Life New

काठमाडाैंमा साउथ एशियन ट्राभल अवार्ड आयोजना हुँदै, नेपालबाट ३ दर्जन बढी मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउथ एशियन ट्राभल अवार्ड (साटा) को आठौं संस्करण भोलि बिहीबारदेखि शुरू हुँदैछ । दक्षिण एशियाको पर्यटन उद्यमलाइ साझा मञ्चबाट सम्मान गर्ने उद्देश्यले यो समारोहको आयोजना हुँदै आएको छ।

यस पटक नेपाल पर्यटन बोर्ड र होटल एशोसिएशन नेपालको संयुक्त आयोजनामा नेपालले समारोहको आतिथ्यताको जिम्मेवारी पाएको हो । समारोहको कार्यक्रमहरू द मल्ल होटल र अलफ्ट काठमाडाैं ठमेलमा आयोजना हुनेछ।

Esewa
Crest

कार्यक्रममा ६ देशका २५० भन्दा बढी होटल, ट्राभल एजेन्सी, एयरलाइन्स र सञ्चारमाध्यमका प्रतिनिधि सहभागी हुनेछन् । सम्मान समारोहमा विभिन्न विधामा ४४ वटा सम्मान वितरण गरिने छ ।

सम्मान समारोहमा विभिन्न विधाका लागि नेपालको होटल, रिसोर्ट, ट्राभल एजेन्सी, वायू सेवा कम्पनी र रोमाञ्चक पर्यटन सेवा प्रदायकहरूले दाबी गरेका छन् । मनोनयन दर्ता गराएका केही होटल तथा रिसोर्टहरूः

१.होटल सिद्धार्थ नेपालगन्ज
२.होटल सिराइचुली,भरतपुर
३.होटल भ्यु भृकुटी,ललितपुर
४.होटल याक र यति, काठमाडाैं
५.हयात रिजेन्सी काठमाडौं
६.हयात प्लेस काठमाडौं
७.अन्नपूर्ण जगतपुर लज चितवन
८.कसरा जंगल रिसोर्ट,चितवन
९.माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट र स्पा,पोखरा
१०.सिद्धार्थ बुटिक होटल बौद्ध, काठमाडाैं
११.सिद्धार्थ होटल सुर्खेत
१२.सिद्धार्थ रिभरसाइड रिसोर्ट, चितवन,
१३.सिद्धार्थ विलासा भैरहवा
१४.सोल्टी वेस्टेन्ड प्रिमियर, नेपालगन्ज
१५.सोल्टी वेस्टेन्ड रिसोर्ट, कसरा, चितवन
१६.लेकसाइड रिट्रीट रिसोर्ट, पोखरा
१७.मल्ल होटल,काठमाडाैं
१८.होटल सोल्टी काठमाडौं
१९.टेरेस रिसोर्ट र स्पा, ललितपुर
२०.टाइगर प्यालेस रिसोर्ट,भैरहवा
२१.ओम अध्याय रिट्रीट,धुलिखेल
२२.होटल तुलसी,पोखरा
२३.होटल सारथी, धुलिखेल
२४.होटल मिस्टिक माउन्टेन, भक्तपुर
२५.होटल मेची क्राउन, झापा,
२६.होटल हिमालय,ललितपुर
२७.होटल हिमालयन होराइजन, धुलिखेल
२८.होटल अन्नपूर्ण भ्यू सराङकोट,पोखरा
२९.होक्के लुम्बिनी, भैरहवा
३०.हिमालय दृष्य रिसोर्ट, धुलिखेल
३१.फिशटेल लज,पोखरा
३२.क्लार्क रिसोर्ट, वीरगन्ज
३३.अतिथी रिसोर्ट एण्ड स्पा
३४.अकामा होटल, काठमाडाैं
३५.अलोफ्ट काठमाडौं ठमेल
३६.आबास पोखरा, पोखरा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS