IME Life New

कस्तो हुन्छ अर्बपतिहरुको पार्टी ? भित्र यस्तो हुन्छ माहौल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर रिचको जिन्दगी कस्तो हुन्छ ? यो बुझ्न वा जान्न जोकोहीमा कौतुहलता हुन्छ। उनीहरुको आलीशान जीवनशैली र जिउने अनौठो शैलीमाथि थुप्रै नजर रहेको हुन्छ। यस्तो विश्वका अर्बपतिहरुको गोप्य पार्टीका बारेमा कुरा गर्दा चर्चाको विषय बन्न पुग्छ।

भर्खरै एस्ले मेयर्सले आफ्नो पुस्तक ‘वेरी इम्पोटेन्ट पिपल’ मा यो ‘गोप्य संसार’को सत्यतालाई विश्वसामु ल्याएकी छन्। फोर्ब््सको प्रतिवेदनअनुसार न्युयोर्क, लस एन्जलस, मियामी र मोनाकोजस्ता ठूला सहरमा आयोजना हुने हाई प्रोफाइल पार्टीहरु सर्वसाधारणको पहुँचभन्दा बाहिर छन्। यी पार्टी धनाढ्यहरुका लागि विशेष संसार बनेका छन्, जहाँ उनीहरु आफ्नो सम्पत्ति र हैसियत देखाउँछन्।

Esewa
Crest

एश्ले मेयर्स आफैँले यी पार्टीहरुमा भाग लिइन् र त्यहाँ ‘केटीहरु’ को महत्व देखिन्। त्यस्ता पार्टीमा ‘केटीहरु’ भन्नाले पातलो, अग्लो (कम्तीमा ५ फिट ९ इन्च) र प्रायः १६ देखि २५ वर्षका केटीहरुलाई बुझाउँछ। उनीहरुलाई क्लब र पार्टीहरुको ग्ल्यामर बढाउन ल्याइएको हो। यस्ता पार्टीमा मदिरा र स्याम्पेनमा करोडौँ रुपैयाँ खर्च हुने गरेको छ भने केटीहरुलाई सजावटका सामानका रुपमा प्रयोग गरिन्छ।

मेयर्सको पुस्तकले यो पनि बताउँछ कि कसरी करोडपति र अर्बपतिहरुले यी पार्टीहरुमा १ रातमा करोडौँ रुपैयाँ खर्च गर्छन्। यो खर्च अचम्मको छ र प्रश्न उठ्छ कि कसैले किन यति धेरै खर्च गर्छ ?

एस्लेले त्यस्ता पार्टीहरु धेरै गोप्य हुने गरेको खुलासा गरेकी छन्। महँगो क्लबहरु, उच्च प्रवेश शुल्क र कडा सुरक्षाले यस संसारलाई बाहिरी आँखाबाट जोगाउँछ। यो ०.१ प्रतिशत धनीवर्गले एक–अर्कालाई आफ्नो सम्पत्ति र शक्ति देखाउनका लागि मात्र यो सबै गर्छ।

एस्लेले ती पार्टीहरुलाई नजिकबाट हेरेर महसुस गरिन् कि यो संसार भव्य देखिन्छ तर भित्र खाली छ। ती पार्टीहरुको अतिवाद र दिखासिखी यो संसारको मात्र हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS