IME Life New

कस्तो छ यती ग्रुपले समुद्री सतहदेखि ३५ सय मिटर उचाइँमा बनाएको माउण्टेन लज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यती समूहको सहायक कम्पनी शेर्पा हस्पिटालिटी ग्रुपले मनाङमा नयाँ लज सञ्चालनमा ल्याएको छ। ग्रुपले माउण्टेन लज अफ नेपाल ब्राण्ड अन्तर्गत हिमाली जिल्ला मनाङमा बिलासी लज सञ्चालनमा ल्याएको हो।

बिलासी पर्यटक लक्षित यो लजमा १४ वटा शयन कक्ष सहितको यो सुविधा सम्पन्न लज परम्परागत शैलीमा निर्माण गरिएको छ। मनाङ उपत्यकामा अवस्थित यो लज झट्ट हेर्दा कुनै पाैराणिक किल्ला जस्तो देखिन्छ।

Esewa
Crest
माउण्टेन लज मनाङ । सबै तस्वीरः आथिलयाडटकम

यसको बाहिरी आवरणमा ढुङ्गाको प्रयोग गरिएका छन् । समुद्री सतहदेखि ३ हजार पाँच सय मिटर उचाइँमा यो लज अवस्थित छ ।

माउण्टेन लजको शयन कक्ष

यती समूहले पर्यटन व्यवसायी केसी गुरूङसँगको साझेदारीमा यो लज सञ्चालनमा ल्याएको हो । मनाङ रूटमा चामे, मनाङ, न्गावल र धारापानी समेत चारवटा लज निर्माणमा गुरूङ नेतृत्वको समूहले कुल ३२ करोड रूपैयाँ खर्चिएको थियो । दुर्भाग्यवश धारापानीमा निर्मित लज केही वर्ष अघि बाढीले बगायो।

आथिलया डटकममा उपलब्ध जानकारी अनुसार यो लजमा दुई जनाको एक रात बासका लागि ६ हजार रूपैयाँ र एकजनाका लागि ३ हजार रूपैयाँ तोकिएको छ। विदेशी पर्यटकको हकमा एकजनाका लागि ६० अमेरिकी डलर र दुई जनाका लागि ८० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। यो शुल्कमा नास्ताको सुविधा समेत समावेश गरिएको छ।

मनाङको शान्त पहाडबीच उभिएको माउण्टेन लज

यो लजको आर्किटेक्चर डिजाइन इन्जिनियर अमर गुरूङले गरेका हुन् । शेर्पा हस्पिटालिटी ग्रुपका अनुसार यो लज सहित माउण्टेन लज श्रृंखला अन्तर्गत ग्रुपसँग कुल १४ वटा लज हुने भएका छन् ।

अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्य हेर्न र मनाङमा पदयात्राका लागि आउने पर्यटकलाई लक्षित गर्दै यो लजको निर्माण गरिएको हो । शेर्पा हस्पिटालिटी अन्तर्गत चामे देखि मनाङ सम्मको हिमाली रूटमा ३ वटा सुविधा सम्पन्न लज सञ्चालनमा छन् ।

यसैबीच यती समूहले शेर्पा हस्पिटालिटी ग्रुप अन्तर्गत मुस्ताङमा सिन्तामणि मुस्ताङ–ए बेन्सले होटल सञ्चालनमा ल्याएको एक वर्ष पुरा भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS