IME Life New

कसरा रिसोर्टमा लगानी थप्दै यती समूह, १५ वटा कोठाको स्तरोन्नती गरिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हवाई तथा पर्यटन सेवा क्षेत्रमा सकृय सबैभन्दा ठूलो घरेलु घराना यती समूहले चितवन राष्ट्रिय निकुञ्ज नजिकै अवस्थित कसरा चितवन रिसोर्टको स्तरोन्नतीको काम शुरू गरेको छ।

यती समूहको प्रिमियम लक्जरी रिसोर्टको सूचीमा रहेको यो रिसोर्टको ३५ मध्ये १५ वटा कोठाको पुनःनिर्माण कार्य भई रहेको शेर्पा हस्पिटालिटी ग्रुपले जानकारी दिएको छ। रिसोर्टमा ३ वटा बेग्ला बेग्लै भिल्ला समेत छन् । यती समूहले बिहीबार एक प्रेस विज्ञप्तीमार्फत् होटलको पूर्वाधार पुनःनिर्माण कार्य शुरू गरिएको जानकारी दिएको थियो ।

Esewa
Crest

ग्रुपले वन्यजन्तु निकुञ्ज घुमघाम गर्न र प्रकृतिसँग रमाउन आउने पर्यटकलाई अझै उच्चस्तरिय र सुविधा सहितको आवासीय सुविधा अनुभव गराउने उद्देश्यले रिसोर्टको पुनर्निमाणा कार्य भई रहेको छ।

कसरामा नयाँ र सुविधा सम्पन्न पूर्वाधार सहित सोल्टी वेष्ट एण्ट चितवन, रिभर बैंक जङ्गल रिसोर्ट, रोयल टाइगर लक्जरी रिसोर्ट, जङ्गल भिल्ला रिसोर्ट लगायतका रिसोर्टहरू सञ्चालनमा आएपछि पर्यटकको आकर्षण कायम राख्नका लागि कसरा रिसोर्टको पुनःनिर्माण गर्न बाध्य भएको हो।

सामान्यतया होटल तथा रिसोर्टमा आगन्तुकको आकर्षण टिकाई राख्नका लागि कम्तीमा १० वर्षको अन्तरालमा  भौतिक पूर्वाधारहरू पुनःनिर्माणको आवश्यक्ता पर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS