IME Life New

कलश स्टक मार्केटले सम्पन्न गर्यो प्रथम वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकर कलश स्टक मार्केट (ब्रोकर नम्बर ७४) ले कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले हालै प्रथम वार्षिक साधारण सभा मार्फत नेतृत्व चयन समेत गरेको छ। साधारण सभाले शेयरधनी प्रदीप केसीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ। सञ्चालक समितिका अन्य पदाधिकारीहरूमा उद्धवराज पौड्याल, डिल्लीराम बास्तोला, छविलाल अधिकारी सञ्चालक सदस्यका रुपमा चयन भएका छन् भने सालिकराम अधिकारीलाई प्रबन्ध सञ्चालकको जिम्मेवारी तोकिएको छ।

कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष सालिकराम अधिकारीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामकुमार केसीको प्रमुख आतित्थ्यतामा साधारण सभा सम्पन्न भएको हो। यही २०८० भदौ १० गते काठमाडौं महानगरपालिका वडा नं १० बुद्ध नगर स्थित कम्पनीको कार्यालयमार्फत विधिपूर्वक सेवाको शुभारम्भ गरेको कलश स्टक मार्केट प्रालीले कार्य सञ्चालनको पहिलो महिनामा नै उल्लेख्य सङ्ख्यामा ब्रोकर खाता, डिम्याट खाता र मेरो शेयर सुविधा प्रदान गरेको छ। भविष्यमा आवश्यक प्रक्रिया पुरा गरी पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर लगायत प्रमुख सहरहरूमा शाखा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै शेयर सम्बन्धमा जनचेतना जागृत गर्न सम्भाव्य स्थानहरूमा शेयर सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको पनि कम्पनीले जनाएको छ ।

Esewa
Crest

सबैलाई पायक पर्ने स्थानमा कम्पनी कार्यालय रहेको, धितोपत्र बजार बैंक, वित्तीय क्षेत्र लगायत विविध क्षेत्रका अनुभवी व्यक्तिहरूको व्यवस्थापनमा संलग्नता, सामूहिक निर्णय प्रक्रिया, प्रविधिमैत्री सेवा तथा ग्राहक सेवामा प्रतिबद्ध कर्मचारी नै कम्पनीको सफलताको प्रमुख आधार रहेको अध्यक्ष प्रदीप केसीले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS