IME Life New

कर्णाली प्रदेशमा साढे ८%ले बढ्यो सहकारीहरुको कुल पुँजी, शाखा सञ्जाल कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी साढे ८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/८०को प्रदेशस्तरको आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ८.५४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो पुँजी ८६.५४ प्रतिशतले वृद्धि भएको थियो।

Esewa
Crest

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा सहकारी संस्थाहरुको कुल बचत १३.७६ प्रतिशतले वृद्धि भएकोमा आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा ५.५९ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ७१ करोड २७ लाख पुगेको छ।

समीक्षा वर्षमा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल ऋण प्रवाह २.१० प्रतिशतले ह्रास आई रु.३ अर्ब ५० करोड ८ लाख कायम भएको छ। गत वर्ष त्यस्तो ऋण प्रवाह १७.५३ प्रतिशतले वृद्धि भएको थियो। सहकारी संस्थामा आबद्ध सदस्य संख्यामा पनि समीक्षा वर्षमा वृद्धि भएको देखिन्छ। गत वर्ष ८.३३ प्रतिशतले बढेको सदस्य संख्या समीक्षा वर्षमा ५.८८ प्रतिशतले वृद्धि भई ९५,६४४ पुगेको छ।

समीक्षा वर्षमा सहकारी संस्थाले सिर्जना गरेको रोजगारीमा १.२४ प्रतिशतले ह्रास आई ३१९ कायम भएको छ।

त्यस्तै, गत वर्ष ५.० प्रतिशतले बढेको सहकारी संस्थाको शाखा संख्या समीक्षा वर्षमा ११.९० प्रतिशतले वृद्धि भई ४७ पुगेको छ। कर्णाली प्रदेशमा सहकारी संस्थाहरुले वाणिज्य बंैक, राष्ट्रिय सहकारी बैंक, थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरुबाट बाह्य ऋणको प्रयोग गर्ने गरेकोले कुल पुँजी र कुल बचतको तुलनामा अधिक मात्रामा कर्जा प्रवाह भएको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS