IME Life New

कर्णाली प्रदेशमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, बैंकिङ पहुँच कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/८० को प्रदेशस्तरको आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो। ‘समीक्षा वर्षमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८९ प्रतिशतले वृद्धि भई रु.६७ अर्ब ४९ करोड ९१ लाख पुगेको छ। गत वर्षमा यस्तो निक्षेप ५.४३ प्रतिशतले वृद्धि भई रु.६० अर्ब ३२ करोड ७८ लाख पुगेको थियो।

समीक्षा वर्षमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ५.४७ प्रतिशतले वृद्धि भई रु.५७ अर्ब ९३ करोड ६७ लाख पुगेको छ। गत वर्षमा यस्तो कर्जा ७.०१ प्रतिशतले बढेर रु.५४ अर्ब ९२ करोड ९४ लाख पुगेको थियो।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को साउनदेखि असार मसान्तमा यस प्रदेशको कर्जा तथा निक्षेप अनुपात ८५.८३ प्रतिशत रहेको छ। उक्त अनुपात गत वर्षमा ९१.०५ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तको तथ्यांकअनुसार कर्णाली प्रदेशमा संकलित निक्षेप तथा प्रवाहित कर्जाको विश्लेषण गर्दा सुर्खेत जिल्ला सबैभन्दा अगाडि देखिन्छ। यस जिल्लामा समीक्षा वर्षमा रु. २७ अर्ब १५ करोड २५ लाख निक्षेप संकलन भएको छ भने सोही अवधिमा रु. ३६ अर्ब ५ करोड ९७ लाख कर्जा प्रवाहित भएको छ। त्यस्तै सबैभन्दा कम निक्षेप संकलन मुगु जिल्लामा रु. २ अर्ब ३५ करोड ७० लाख भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम रु.६४ करोड ८ लाख कर्जा प्रवाह भएको छ।

आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३५ वटा शाखारहित बैंकिङ सेवा रहेका छन्। यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ। जहाँ १२ वटा शाखारहित बैंकिङ सेवा रहेको देखिन्छ। दैलेखमा ८ वटा, सल्यानमा ५ वटा तथा कालीकोटमा ४ वटा शाखारहित बैंकिङ सेवा रहेका छन्। त्यस्तै, हुम्ला र मुगुमा समान २–२ वटा तथा रुकुम पश्चिम र जाजरकोटमा १ वटा शाखारहित बैंकिङ सेवा रहेको देखिन्छ। बाँकी दुई जिल्लाहरु डोल्पा र जुम्लामा भने यस्तो सेवा प्रवाह सुरु भएको छैन।

आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशमा १०१ वटा एटीएम सञ्चालनमा रहेका छन्। २०८० असार मसान्तको तथ्यांकअनुसार हुम्ला र मुगुमा समान २–२ वटा एटीएम रहेका छन्। कालीकोटमा ५ वटा, जाजरकोटमा ६ वटा तथा जुम्लामा १० र दैलेखमा ९ वटा ए.टि.एम. रहेका छन्। त्यस्तै, रुकुम पश्चिम, सल्यान र सुर्खेतमा क्रमशः १३ वटा, १४ वटा र ४० वटा एटीएम रहेका छन्। आवश्यक पूर्वाधारहरुको अभावले गर्दा डोल्पा जिल्लामा भने कुनै पनि बैंकको एटीएम सुविधा पुग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS