IME Life New

‘कर्जा सूचना’ किन आवश्यक ? यस्तो छ राष्ट्र बैंकको भनाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘कर्जा सूचना’ ऋणीको कर्जा जोखिम मूल्यांकन गर्ने प्रमुख आधार रहेको जनाएको छ।

वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी केन्द्रीय बैंकले ‘कर्जा सूचना’को महत्वबारे जानकारी गराएको हो। ‘यसलाई संसारभर एकदमै महत्वका साथ हेरिन्छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाले कर्जासम्बन्धी निर्णय गर्नुअघि ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए वा नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई ‘कर्जा सूचना’ भनिन्छ।

कर्जा सूचनामा ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जनमानीकर्ताको विवरण, कालोसूचीमा रहेको वा नरहेको विवरणलगायतका विस्तृत जानकारी हुन्छन्।

यस्ता सूचना पुराना ऋणीको पनि कर्जा नवीकरण गर्दा, कर्जाको पुनरसंरचना वा पुनरतालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दासमेत आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS