IME Life New

कर्जा विस्तारमा बैंकहरु आक्रामक हुँदा तरलता अभाव हुने संकेत, कुन बैंकको कतिले बढ्यो कर्जा लगानी?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कर्जा विस्तारमा बैंकहरु आक्रामक देखिदा तरलता अभाव हुने संकेत देखिएको छ। बैंकहरुले पछिल्लो एक महिनामा मात्रै ७३ अर्ब ९१ करोड रुपैयाँले कर्जा विस्तार गरेका छन्। जवकी बैंकहरुको औषत निक्षेप संकलन ४ अर्ब ६० करोड रुपैयाँले बढेको छ।

एकै महिनामा निक्षेप संकलनको तुलनामा १५ गुणा बढिले कर्जा विस्तार भएको छ। सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएका सम्पुर्ण क्रियाकलाप बन्द गरे सँगै बैंकहरु कर्जा विस्तारमा आक्रामक देखिएका हुन्। चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ४ खर्ब १२ अर्ब रुपैयाँले कर्जा विस्तार भएको छ। जवकी यहि अवधिमा २ खर्ब ९६ अर्ब रुपैयाँले निक्षेप संकलन बढेको छ। बैंकहरुमा उद्योग कलकारखानाले कर्जा पदार्थ आयातका लागि कर्जा लिइरहेका छन्। स्टिल, सिमेन्ट, खाद्यान्न उद्दयोगले कर्जा पदार्थका लागि कर्जा माग गरिरहेका छन्। उद्योग कलकारखानाले सञ्चालन खर्चका लागि कर्जा लिएका हुन्।

Esewa
Crest

बैंकहरुले व्याजदर घटाउदा निक्षेप बाहिरिन थालेको छ। बैंकहरुले व्याजदर घटाउदा सर्वसाधारणले सहकारी र शेयर बजारमा पैसा पार्किङ गर्न थालेका हुन्। माघ महिनामा मात्रै १५ वटा बाणिज्य बैंकको निक्षेप घटेको छ। सबैभन्दा धेरै कर्जा विस्तार एनआईसी एशियाको छ। बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने दुई खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

दोस्रो धेरै कर्जा विस्तार गर्नेमा ग्लोबल आइएमई रहेको छ। ग्लोबल आइएमई बैंकले माघ मसान्तसम्ममा द्ई खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने दुई अर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। सबैभन्दा धेरै कर्जा विस्तारमा दोस्रो नम्बरमा नविल बैंक छ। नविलले ७ महिनामा मात्रै ३१ अर्बले कर्जा विस्तार गरेको छ। त्यस्तै ७ महिनामा १० अर्बले मात्रै निक्षेप बढाएको छ। पछिल्लो माघ महिनामा मात्रै भने ४७ करोड रुपैयाँले निक्षेप घटेको छ।

सबैभन्दा कम कर्जा लगानी स्ट्याण्डर्ड चार्टर्डको ५९ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंक सँग ८४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। सबैभन्दा कम निक्षेप संकलन नेपाल बंगलादेश बैंकको रहेको छ। बैंक सँग ७० अर्ब ४४ करोड रुपैयाँ निक्षेप रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS