IME Life New

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सिआईबीको छापा, कर्जा दुरुपयोगको आशंकामा तीन पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखामा गत साता छापा मारेको छ । सुन धितोमा कर्जा प्रवाह गर्दा लाखौं रुपैयाँ घोटाला गरेको भन्दै सिआईबीले छापा मारेर तीन जना व्यक्ति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिआईबीका प्रबक्ता बेल बहादुर पाण्डेले सो बैंकको शाखामा छापा मारेको बताउँदै अनुसन्धान जारी रहेको जनाए । प्रबक्ता पाण्डेले भने, ‘केही मानिसहरु पक्राउ गर्नुपर्ने भएकोले धेरै कुरा बाहिर आइसकेको छैन । अनुसन्धान प्रक्रिया जारी छ । केही पहिले तीन जना मानिस पक्राउ गरी अनुसन्धान भइरहेकोछ ।’  बैंकका कर्मचारी, ऋणी तथा केही बिचौलियाको मिलेमतोमा बैंकमा कमसल सुन धितोमा राखी लाखौं रुपैयाँ कर्जा प्रवाह भएको पाइएपछि सिआईबीले छापा मारेको हो ।

Esewa
Crest

पक्राउ परेका व्यक्तिहरुको विवरण खुलाइएको छैन । सिआईबीको टोलीले एक साताअघि नै तीन जना व्यक्ति पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । महालक्ष्मी विकास बैंकले भने सो घटनाको सम्बन्धमा केही बताउन चाहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS